दफा २५
खारेजी र बचाउ

(१) नहर तथा विद्युत र तत्सम्बन्धी जलस्रोत ऐन, २०२४ खारेज गरिएकोछ ।
(२) यो ऐन प्रारम्भ हुनुभन्दा अघि नहर तथा विद्युत र तत्सम्बन्धी जलस्रोत ऐन, २०२४ र सो ऐन बमोजिम बनाइएको नियम वा निकालिएको आदेश अन्तर्गत गरिएको काम कारवाही यसै ऐन अन्तर्गत भए गरेको मानिनेछ ।